शुक्रबार, चैत्र २७, २०८२

बिजुली अभावका कारण कार्यालय समयमा परिवर्तन


कान्तिपथ


बङ्गलादेश सरकारले बिजुली अभावका कारण नोभेम्बरदेखि लागू हुने गरी कार्यालय समय परिवर्तन गरेको छ । 

प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले याे निर्णय गरेको मन्त्रिपरिषद्का सचिव खण्डकर अनवारुल इस्लामले  जानकारी गराएका छन् । उनका अनुसार यसअघि सरकारी कार्यालय र स्वायत्त संस्था बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म चलाउँदै आइएकाे थियो तर यसमा परिवर्तन गरी बिहान ९ बजेदेखि दिउँसाे ४ बजेसम्म कार्यालय समय तोकिएको छ । 

अधिकारीका अनुसार नयाँ कार्यतालिका नोभेम्बर १५ देखि लागू हुनेछ । 

यद्यपी सर्वोच्च अदालत, बङ्गलादेश बैंक र विद्यालय तथा कलेज प्रशासनले आ-आफ्नो कार्यतालिका तय गर्नसक्नेछन् ।  

इन्धन अभावको सामना गरिरहेको बङ्गलादेशले बिजुली बचत गर्न र ट्राफिक जाम कम गर्न गएकाे अगस्टमा सरकारी कार्यालयको समय एक घण्टा घटाएको थियो ।

श्रोत : Thankot Times



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत