मङ्लबार, माघ २९, २०८१

हेटौँडाबाट खैरो हेरोइनसहित तीन जना पक्राउ 


कान्तिपथ


मकवानपुर । मकवानपुर प्रहरीले हेटौंटाबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौडा –५ सानोपोखराबाट खैरो हेरोइन सहित तीन जना युवकलाई पक्राउ  गरेको हो ।

पक्राउ पर्नेमा हेटौँडा–१४ मयुरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, हेटौँडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय अनिष चौलागाईं र हेटौँडा–२ कान्तिराज पथ बस्ने २३ वर्षीय विकास कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा ना।४८ प।९००५ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनीहरूको साथबाट खैरो हेरोइन १ ग्राम ४६० मिली ग्राम र सानो डिजिटल तराजु १ थान बरामद गरिएको कार्कीले बताउनुभयो । तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत