शुक्रबार, जेष्ठ १, २०८३

पीडित नाबालिग नभएको प्रमाण सन्दीपका वकिलले अदालतमा पेस गरे


कान्तिपथ


बलात्कार आरोपी सन्दीप लामिछानेका वकिलले पीडित नाबालिग नभएको प्रमाण अदालतमा पेस गरेका छन् । जिल्ला अदालत काठमाडौंमा पीडित र पीडक दुवैको बयान सकिएपछि दुबैतर्फका कानुन व्यवसायीले बहस गरिरहेका छन् । बुधबार सन्दीपका तर्फबाट दुई जनाले बहस गरेका छन् ।

बहसका क्रममा उनका कानुन व्यवसायी मुरारी सापकोटाले पीडित नाबालिग नभएको प्रमाण इजलास समक्ष पेस गरेका छन् । किशोरीको जन्म २०६१ साल असार १८ गते भएको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि इजलासमा पेस गरिएको हो ।

उता पीडित युवतीका तर्फबाट ४ जना सरकारी वकिलले बहस गरेका छन् । यस्तै ३ जना विभिन्न महिला अधिकारवादी संघसंस्थाका कानुन व्यवसायीले पनि बहस गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत