शुक्रबार, बैशाख ४, २०८३

भारतबाट १ सय ९७ वटा सवारी साधन धमाधम नेपाल छिर्दै !


कान्तिपथ


वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा एक साताअघिदेखि भारतले उपहार स्वरुप दिएको महेन्द्रा बोलेरो क्याम्पर र स्कारपियो पिकअप भ्यान भित्रिन थालेको आईसीपी सञ्चालक इन्टर मोडल यातायात विकास समितिका अपरेसन इन्चार्ज जितेन्द्र रसाइलीले जानकारी दिए ।

‘यो नाकाबाट कूल २ सय सवारी भित्रिने भनिएकोमा १ सय १८ बोलेरो क्याम्पर र ७९ स्कारपियो पिकअप भ्यान गरी १ सय ९७ वटा सवारी भित्रिएका छन् । बाँकी ३ सवारी बाटोमै दुर्घटनामा परेको जानकारी हामीलाई गराइएको छ,’ उनले भने, ‘बुधबारसम्ममा १ सय ९७ वटै सवारी जाँचपास भइसक्नेछन् । प्रत्येक सवारीको ५ सय ६५ रुपैयाँमात्र भन्सार शुल्क लाग्ने छ ।’ यी सबै सवारी साधन काठमाडौं पठाइने उनले बताए ।

वीरगन्ज नाका नयाँ सवारी साधन आयात हुने मुलुककै प्रमुख नाका हो । भारत तथा तेस्रो मुलुकबाट समेत आयातित अधिकांश नयाँ सवारी साधन यही नाका भएर भित्रिने गरेका छन् । वीरगन्ज भन्सारले संकलन गर्ने राजस्वको प्रमुख हिस्सा नयाँ सवारी साधनबाट संकलन हुने राजस्व नै हुने गरेको छ । वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा भारतले नेपाललाई उपहारस्वरुप दिएको सवारी साधन । तस्बिर : शंकर आचार्य/कान्तिपुर



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत