मङ्लबार, बैशाख ११, २०८१

साढे ३१ लाखसहित ३ हुन्डी कारोबारी पक्राउ


कान्तिपथ


हुन्डी कारोबार गरेको आरोपमा काठमाडौंको न्युरोडबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। ३१ लाख ८१ हजार ३८५ रुपैयाँसहित तीन जनालाई न्युरोडबाट तीन जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

विशालबजारको अनुज सेन्टर र खिचापोखरीको जयदुर्गा ट्रेड इन्टरनेशनलबाट उनीहरूलाई बुधबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा नयाँ दिल्ली घर भई ठमेल बस्ने कमलकान्त कुल्थिया, सप्तरी घर भई नक्साल बस्ने निर्मलकुमार अग्रवाल र राजस्थान घर ताहाचल बस्ने किशन गोपाल छन्।

हुन्डी कारोबार गरिरहेको भन्ने सूचना पाएपछि कार्यालयको टोलीले उनीहरूको निगरानी गरेको थियो। उनीहरूमाथि नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार अनुसन्धान गर्न बिहीबार जिल्ला प्रहरी परिसर टेकूमा पठाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत