आइतवार, माघ १५, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • हत्यारालाई फाँसी दे भन्दै अन्तर्वार्ता दिने नै हत्यारा भएको रहस्य खुल्यो !

हत्यारालाई फाँसी दे भन्दै अन्तर्वार्ता दिने नै हत्यारा भएको रहस्य खुल्यो !


कान्तिपथ


दाङका रोशनी महतरा र शरद आचार्य हत्या-काण्डको नयाँ तथ्य फेला परेको छ। लामो अनुसन्धानपछि बँदेल मार्न थापिएको विद्युतीय धरापमा परि उनीहरूको मृत्यु भएको तथ्य प्रहरीले पत्ता लगाएको हो।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव स्थानीय जंगलमा असोज ३० माटोले पुरिएको अवस्थामा फेला परेको थियो।

उनीहरू सोही दिन गाउँकै चार जना ब्यक्तिले बँदेल मार्न थापेको विद्युतीय पासोमा परेका थिए। बँदेल मार्न भनेर ती चार जनाले रोशनीको घर नजिकैको कुखुरा फार्मबाट बिजुलीको तार तानेर करेन्टको धराप बिच्छाएका थिए।

बँदेल मार्न भनेर थापेको विद्युतीय धरापमा परि रोशनी र शरदको एकसाथ मृत्यु भएपछि उक्त धराप थाप्ने चार जनाले सोही दिन राति आपसमा सल्लाह गरेर उनीहरूको शव व्यवस्थापन गरेका थिए।

त्यसपछि उनीहरूले शब बोकेर लगेका बोराहरू जलाएको प्रहरीले बताएको छ। यसअघि पनि प्रहरीले चिनजानकै र नकिजकै ब्यक्तिबाट उनीहरुको हत्या भएको आशंका गर्दै आएको थियो। हालसम्म उनीहरुको हत्या भएको दाबी हुँदै आएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत