आइतवार, माघ १५, २०७९

अर्का क्रिकेट खेलाडी बलात्कार आरोपमा समातिए


कान्तिपथ


श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन् । उनी अष्ट्रेलियाको सिड्नीमा पक्राउ परेको बीबीसीले जनाएको छ । दानुष्कालाई उनका साथीहरुले सिड्नीमै छाडेर हिंडेको समाचारमा उल्लेख छ ।

क्रिकेटका समिक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सन्जालमा दानुष्का बलात्कार आरोपमा शनिबार पक्राउ परेको उल्लेख गरेका छन् । उनका अनुसार दानुष्का तीन हप्ता अगाडि घाइते भएका थिए । त्यसपछि एशेल बंडाराले टिममा उनको स्थान लिएका थिए । तर टिम म्यानेजमेन्टले उनलाई फर्काउनुको साटो अष्ट्रेलियामा टोलीसँगै राखेको थियो ।

उनलाई सिड्नीको एक होटलमा २९ वर्षीया महिलासँगै प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले लेखेका छन् । यसअघि नेपाली क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने बलात्कार आरोपमा पक्राउ परेका छन् । हाल उनी थुनामा छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत