शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • पुटिननिकट व्यापारीद्वारा अमेरिकी चुनावमा हस्तक्षेप गरेको स्वीकार

पुटिननिकट व्यापारीद्वारा अमेरिकी चुनावमा हस्तक्षेप गरेको स्वीकार


कान्तिपथ


facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

मस्को। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग जोडिएका र वासिङ्टन तथा युरोपेली मुलुकले प्रतिबन्ध लगाएका प्रभावशाली रूसी व्यवसायी येभगेनी प्रिगोजिनले अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको स्वीकार गर्नुभएको छ ।

सोमबार ६१ वर्षीय प्रिगोजिनका भनाइ उद्धृत गर्दै ब्लुमबर्गले लेखेको छ, “सज्जनहरू, हामीले हस्तक्षेप ग¥यौँ, हामी हस्तक्षेप गरिरहेका छौं र हामी हस्तक्षेप गर्नेछौं ।” प्रिगोजिनले धेरै पश्चिमी देशहरूमा मतदानको परिणामलाई प्रभावित गर्न ‘ट्रोल फ्याक्ट्री’ चलाएको आरोप लगाइएको छ ।

प्रिगोजिनले ब्लुमबर्गको एक रिपोर्टमा रुसले अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गरिरहेको भन्ने रिपोर्टमाथि टिप्पणी गर्न अनुरोध गर्नुभएको थियो ।

मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा प्रचारको अन्तिम दिन यो घोषणा प्रकाशित गरिएको थियो जसले अमेरिकी राष्ट्रपति जो बाइडनको बाँकी कार्यकाललाई आकार दिनेछ र यसले डोनाल्ड ट्रम्पद्वारा ह्वाइट हाउसमा पुनरागमनको लागि मार्ग प्रशस्त गर्न सक्छ ।

गत सेप्टेम्बरमा प्रिगोजिनले आफूले वाग्नर भाडाको समूह स्थापना गरेको पुष्टि गर्नुभएको थियो । समूहका सदस्यहरू युक्रेनमा मस्कोको आक्रमणमा अग्रपङ्क्तीमा थिए ।

उच्च–प्रोफाइलका व्यक्तिको यो घोषणालाई धेरै विश्लेषकहरूले प्रमाणको रूपमा व्याख्या गर्दै प्रिगोजिनले रूसमा सम्भावित राजनीतिक भूमिकाको खोजी गरिरहेको जनाएका छन् ।

वर्षौंदेखि, वाग्नर समूहले मस्कोको विदेशी महत्वाकांक्षालाई साकार पार्न भूमिका खेलेको शङ्का गरिएको थियो तर क्रेमलिनले कुनै पनि सम्बन्धलाई अस्वीकार गरेको थियो ।

सिरिया, लिबिया, माली र मध्य अफ्रिकी गणतन्त्रजस्ता द्वन्द्वग्रस्त क्षेत्रमा यसको उपस्थिति रहेको बताइएको छ । यसलाई राज्यसत्ताको दुरुपयोग र कब्जा गरेको आरोप लगाइएको छ ।एएफपी



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत