दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुम सञ्चालक पुष्पा न्यौपानेको जलेर मृत्यु भएको छ । विवाहका लागि गरिएको इन्गेजमेन्ट टुटेपछि केटा पक्षको घर गएकी उनी आइतबार जलेको अवस्थामा भेटिएकी थिइन् । उनको मृत्यु शंकास्पद भएको भन्दै परिवारले प्रहरीमा किटानी जाहेरी दिएको छ ।
प्रहरीका अनुसार उनले आइतबार केटा पक्षको धुम्बाराहीस्थित घर गेट अगाडि आत्महत्या गर्न पेट्रोल खन्याएकी थिइन् । तर, उनलाई बचाउनुको साटो नरोकी आत्महत्या गर्न दुरुत्साहन गरेको परिवारको दाबी छ ।
न्यौपानेको परिवारले इन्गेजमेन्ट गरेका २९ वर्षका मधु संग्रौलासहित उनको परिवारका भाई सुधन संग्रौला, बुबा दिनेश संग्रौला र आमा बिन्दु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ