शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • नेपालले कुटनीतिक नोट पठाएपछि दार्चुला घटनामा भारतीय पक्ष वार्तामा बस्न तयार

नेपालले कुटनीतिक नोट पठाएपछि दार्चुला घटनामा भारतीय पक्ष वार्तामा बस्न तयार


कान्तिपथ


दार्चुला घटनामा भारतीय पक्ष वार्तामा बस्न तयार भएको छ। बुधबार नेपाली प्रशासन र भारतीय प्रशसनबीच नेपाल–भारत समन्वय समितिको बैठक बस्ने भएको छ। नेपाल सरकारले कूटनीतिक नोट पठाएपछि बुधबार नेपाली प्रशासन र भारतको स्थानीय प्रशासन छलफलमा बस्न लागेका हुन्।

भारत पिथौरागढस्थित जिल्ला अधिकारी कार्यालयका जिल्ला अधिकारी रीना जोशीले नेपाली प्रशासनसँग छलफल गर्ने भएकाले ‘आवश्यक सूचना’ सहित बैठकमा सहभागी हुन आफू मातहतका कार्यालयलाई पत्राचार गरिएको छ।

धार्चुलास्थित विश्राम गृह लोक निर्माण विभागमा नेपाली र भारतका स्थानीय प्रशासनसँग छलफल हुने छ। मंगलबार भारतीय अधिकारीले महाकाली नदीमा भइरहेको तटबन्ध निर्माणको कामको निरीक्षण गरेका थिए।

आइतबार महाकाली नदीको बहाव परिवर्तन हुने गरेर भारतले एकलौटी तटबन्ध निर्माण गरेपछि दार्चुलाका स्थानीय विरोधमा उत्रिएका थिए। उनीहरुमाथि भारतीय नागरिकले ढुंगामुढा गरेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत