बुधबार, असार २५, २०८२

हँसिया प्रहार गरि भिनाजुले गरे सालोको हत्या 


कान्तिपथ


viber sharing button

धनगढी  । कैलालीमा हँसिया प्रहार गरि भिनाजुले सालाको हत्या गरेका छन् भने अर्का एक जना गम्भीर घाइते भएका छन् । जोशीपुर गाउँपालिका ६ कुमारीवागमा स्थानीय गौरीलाल ढुङ्गानाले हँसिया गरी प्रहरी ३२ बर्सिया पदमराज भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ ।

हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीको अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । हत्यामा संलग्न भनिएका ढुङ्गाना नातामा भिनाजु पर्ने र भण्डारी साला रहेको प्रहरीको भनाई छ । यस्तै ढुङ्गानाले प्रहार गरेको हँसिया लागेर अर्का जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ । जयराज पनि नातामा गौरीलालका साला हुन् ।

गएराती भएको उक्त हत्यामा घटना संलग्न ढुङ्गाना फरार रहेको र उनको खोजी कार्यमा प्रहरी टोली परिचालन गरिएको कैलालीका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले बताउनु भयो । घटनाको थप अनुसन्धान भइरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत