शुक्रबार, जेष्ठ १, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • हनी ट्र्यापिङकाे आरोपमा युट्युबर नम्रा पक्राउ, ब्ल्याकमेल गरेर १ करोड २९ लाख ठगी

हनी ट्र्यापिङकाे आरोपमा युट्युबर नम्रा पक्राउ, ब्ल्याकमेल गरेर १ करोड २९ लाख ठगी


कान्तिपथ


भारतकाे दिल्ली प्रहरीले एक व्यापारीलाई हनीट्र्यापमा पारी ८० लाख रूपैयाँ लुटेको आरोपमा एक युट्युबरलाई पक्राउ गरेको छ। नम्रा कादिर नामकी यी युट्युबरले एक निजी कम्पनीका मालिकलाई बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएकी थिइन्।

कादिरलाई सोमबार दिल्लीबाट पक्राउ गरी म्याजिस्ट्रेट अदालतमा पेश गरिएको थियो जहाँबाट उनलाई ४ दिनको प्रहरी हिरासतमा पठाइएको भास्करले समाचार लेखेकाे छ।

कादिरका श्रीमान् र घटनाका सहयोगी मनिष उर्फ ​​विराट बेनिवाल हाल फरार छन्। उनको खोजीमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कादिरले आफ्नो अपराध स्वीकारेको प्रहरीले जनाएको छ। पीडितबाट उनले लिएको पैसा र सामान फिर्ता गर्ने प्रयास भइरहेको छ।

नम्रा कादिर २२ वर्षकी भइन् र युट्युबमा ६ लाख १७ हजारभन्दा बढि सब्सक्राइबर छन्। अगस्टमा बादशाहपुरका व्यापारी २१ वर्षीय दिनेश यादवले कादिरविरुद्ध उजुरी दिएका थिए। तर, कादिर र उनका पतिले अन्तरिम जमानतको लागि अदालत गएका थिए।

अदालतले यो याचिका खारेज गरेपछि नोएडा सेक्टर ५० पुलिस स्टेशनमा नोभेम्बर २६ मा उनीहरूविरुद्ध एफआईआर दर्ता गरिएको थियो। उक्त रिपोर्टमा कादिर र बेनिवाल दिल्लीको शालिमार गार्डेनका बासिन्दा रहेको उल्लेख छ।

विज्ञापन फर्म चलाउने दिनेशले केही समयअघि आफू कादिरसँग सम्पर्कमा आएको प्रहरीलाई बताए। त्यसपछि बेनिवाल पनि साथमा थिए। कादिरले आफ्नो च्यानलमा आफ्नो व्यापार प्रवर्द्धन गर्न २ लाख रूपैयाँ मागेका थिए।

व्यापारीले आफ्नो उजुरीमा लेखेका छन्, ‘कामको सिलसिलामा र्याडिसन होटल सोहना रोडमा नम्रा कादिरलाई भेटेँ । उनी युट्युबर हुन् । उनले मलाई विराट बेनिवालसँग पनि परिचय गराइन् । उनले बेनिवाल पनि एक युट्युबर र आफ्नो नजिकको साथी भएको बताइन् । उनले मेरो फर्ममा काम गर्न भनेर दुई लाख (भारु) अग्रिम भुक्तानी मागे । मैले नम्रालाई अलि पहिले नै चिनेकोले सोही दिन दुई लाख रुपैयाँ दिएँ । पछि मैले विज्ञापन ल्याएर बुझाएपछि उनले हुन्छ भने अनि थप ५० हजार (भारु) मागे, जुन मैले उनको खातामा पठाएँ ।’

व्यवसायीले आफ्नो उजुरीमा थप भने, ‘त्यसपछि पनि मेरो काम भएन् । अनि नम्राले काम एउटा बहाना मात्रै भएको बताइन्, उनले मलाई मन पराउँछिन् र मसँग बिहे गर्न चाहन्छिन् । बहिनीको बिहेपछि मेरो पैसा फिर्ता गर्छु भनिन् । मैले पनि उनलाई मन पराएँ र हामी सँगै घुम्न थाल्यौं । विराट सधैं उनको साथमा हुन्थे । एक दिन हामी क्लबमा पार्टी गर्न गयौं, नम्रा र विराटले मलाई जबरजस्ती रक्सी पिउन लगाए । हामी तीनैजना होटलमा कोठा बुक गरेर सुत्‍यौं । बिहान उठ्ने बित्तिकै नम्राले मेरो कार्ड मागेर ब्ल्याकमेल गर्न थालिन् । मैले नमानेको खण्डमा जबर्जस्ती करणी मुद्दा हाल्ने बताइन् । म डराए, मैले उनलाई अनुरोध गरें कि हामी साथी हौं र हामीले केहि गलत गरेका छैनौं, त्यसैले यो गर्नु हुँदैन ।’

व्यापारीले अगाडि भने, ‘यो कुराकानीकै क्रममा विराट बेनिवालले हतियार निकालेर आफू नम्राको पति भएको बताए । यदि मैले उनको कुरा सुनिन भने, उसले मलाई फसाउनेछ । यो घटनापछि मैले उनको कुरा मानेँ, अहिलेसम्म उसले मबाट ७०–८० लाख रुपैयाँको सामान र नगद लिएको छ, जसको मसँग प्रमाण छ ।’ व्यापारीका अनुसार नम्रा कादिरले उनको फोन लिएर सबै प्रमाणहरू डिलिट गरेकी थिइन् । उनको फोन रिसेट गरिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत