शुक्रबार, चैत्र २७, २०८२

गुजरातमा भाजपाको एकछत्र कायमै : हिमाचलमा कंग्रेसलाई बहुमत


कान्तिपथ


जरातमा २७ वर्षदेखि सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा) भारी बहुमतले विजयी भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको गृहप्रदेशमा विधानसभाका १ सय ८२ मध्ये भाजपा एक्लैले १ सय ५६ सिट जितेको छ । कांग्रेस १७ र आम आदमी पार्टी ५ सिटमा सीमित भएका छन् । अघिल्लो पटक ७७ सिट जितेको कांग्रेस यसपटक ६० सिट गुमाएको छ । हारको जिम्मेवारी स्विकार्दै कंग्रेस प्रदेश अध्यक्ष रघु शर्माले पदबाट राजीनामा दिएका छन् ।

२०१७ को चुनावमा ९९ सिट जितेको भाजपाले अघिल्लो पटकभन्दा ५७ सिट बढी जितेको छ । भाजपाले गुजरातमा लगातार सातौं पटक सरकार बनाउने भएको छ । सन् १९९५ देखि गुजरातमा भाजपाको सत्ता रहँदै आएको छ । सन् २००१ देखि २०१४ सम्म मोदी मुख्यमन्त्री थिए ।

हिमाचलमा भाजपाले हार व्यहोरेको छ । त्यहाँ विपक्षी कंग्रेसले बहुमत सिटमा जित हासिल गरेको छ । ६८ सिटको विधानसभामा कंग्रेसले ४० र भाजपाले २५ सिट जितेका छन् । तीन सिटमा निर्दलीय उम्मेदवार विजयी भएका छन् । पराजयसँगै भाजपाका मुख्यमन्त्री जयराम ठाकुरले राजीनामा दिएका छन् । यसै वर्षको प्रारम्भमा उत्तरप्रदेश, उत्तराखण्ड, गोवा र पञ्जाबमा विधानसभाको निर्वाचन भएको थियो । पञ्जाबमा आपले र बाँकी तीन राज्यमा भाजपाले जित हासिल गरेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत