काठमाडौँ- युक्रेनमा जारी युद्धमा रुसको आर्थिक क्षमतालाई घटाउने उद्देश्यले सोमबार G7 मुलुक लगायत युरोपेली युनियन र अष्ट्रेलियाले रुसी तेलको मूल्य प्रति ब्यारेल ६० डलर सीमा तोके पछि रूसी तेलको मूल्यमा सीमा तोक्ने कुनै पनि देशलाई तेल नबेच्ने राष्ट्रपति भ्लादिमिर पुटिनले जनाएका छन् । उनले उल्टो तेलको उत्पादन घटाउने बताएका छन ।
‘हामी यस्तो निर्णय गर्ने देशहरूलाई तेल बेच्दैनौं भनेर मैले पहिले नै भनेको छु’ पुटिनले किर्गिस्तानको राजधानी बिस्केकमा क्षेत्रीय शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा भने, ‘आवश्यक परेमा हामी उत्पादनमा सम्भावित कमीको बारेमा पनि विचार गर्नेछौं’ उनले भने । मूल्य सीमालाई पुटिनले ‘विश्व ऊर्जा बजारका लागि हानिकारक र मूर्खतापूर्ण निर्णय’ को संज्ञा समेत दिएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ