कञ्चनपुरको लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाका छोरा सोमबार जंगलमा मृत अवस्थामा फेला परेका छन्। लालझाँडी गाउँपालिका–२ स्थित जंगलको एउटा रुखमा २० वर्षीय मनोज राना झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारी नेतृत्वको टोली अहिले घटनास्थलमा पुगेको छ। उनका अनुसार राना एउटा रुखको हाँगामा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेका छन्।
अध्यक्ष राना भने काठमाडौंमा छन्। खबर सुनेपछि उनी फर्किरहेको प्रहरीले जनाएको छ। गत बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा राना नेकपा (एमाले) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । घटनास्थल घरभन्दा करिब १ किलोमिटर टाढा रहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ