शुक्रबार, जेष्ठ १, २०८३

अर्घाखाँचीमा पटुकाको पासो बनाएर श्रीमानको हत्या


कान्तिपथ


अर्घाखाँचीमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर १ चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेकी हुन् ।

लक्ष्मीले पटुकाले श्रीमानको घाँटीमा पासो लगाएर मारेकाे बयान दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरीका अनुसार लक्ष्मीले पासोबाट शव निकाली भुँइमा राखी पटुका आफ्नो कम्मरमा बाँधी आफूलाई श्रीमानले कुटपिट गरेको भन्दै गुहार मागेकी थिइन । सार्की दाम्पतिले झगडा हुनु पहिले मादक पदार्थ सेवन गरेका थिए।

नेपालीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत