शुक्रबार, जेष्ठ १, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • २८ लाख घूससहित पक्राउ परेका इन्जिनियर र प्लम्बर विरुद्ध मुद्दा दायर

२८ लाख घूससहित पक्राउ परेका इन्जिनियर र प्लम्बर विरुद्ध मुद्दा दायर


कान्तिपथ


२८ लाख घूससहित पक्राउ परेका रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

खानेपानी सम्बन्धी कामको भुक्तानी वापत सेवाग्राहीसँग घुस तथा रिसवत माग गरिरहेको उजुरीका आधारमा सत्याल र थापा कात्तिक २ गते पक्राउ परेका थिए । सेवाग्राहीबाट १६ लाख नगद र १२ लाख रूपैयाँको चेक लिइसकेको अवस्थामा पक्राउ परेका उनीहरुविरुद्ध सोमबार मुद्दा दाय गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर मा उनीहरूलाई २८ लाख रूपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत