मङ्लबार, असार ३, २०८२

युरिया मल कालोबजारी गरेको आरोपमा एक पक्राउ


कान्तिपथ


सप्तरी । सप्तरीमा युरिया मलको कालोबजारी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । 

मङ्गलवार सप्तरीको राजबिराज नगरपालिका वडा नं.–१० दिघवाबाट युरिया मलको कालोबजारी गरेको आरोपमा स्थानीय चुल्हाई दासको छोरा बर्ष १९ को राज कुमार दासलाई प्रहरीले मलसहित नियन्त्रणमा लिएको हो ।

उनले सञ्चालन गरेको किराना पसलमा युरिया मल खाद सरकारले निर्धारण गरेको मूल्य भन्दा बढी मूल्यमा लुकाई छिपाई भण्डारण गरी बिक्री वितरण गर्दै आई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटी दासलाई नियन्त्रणमा लिएको जनाइएको छ । 

उनले सञ्चालन गरेको किराना पसल रीतपूर्वक खानतलासी गर्दा किराना आइटमहरू सँगसँगै नेपाल सरकारबाट अनुमानित रासायनिक मल अंकित खेती शक्ति मल लेखिएको ५० किलो युरिया मल ३५ बोरा समेत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

भण्डारण गरी राखेको अवस्थामा फेला परेको उक्त युरिया मलका बोराहरू नियमानुसार स्थानीय मानिसहरूको रोहबरमा रीतपूर्वक बरामद गरी जरुरी पक्राउ पूर्जी दिई दासलाई पक्राउ गरी कालो बजार अन्तर्गत मुद्दा दर्ता गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले बताउनु भयो ।

पहिलो पटक ७ दिनको म्याद थप समेतको अनुमति लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत