बिहिबार, बैशाख ३१, २०८३

बाईकको ट्यांकीमा लुकाएको २४ लाख समातियो


कान्तिपथ


मोटरसाइकलको ट्यांकीभित्र २४ लाख बढी रकम लुकाएर ल्याएको आरोपमा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका-९ इटहर्वास्थित सीमा इलाकाबाट २३ वर्षीय भारतीय नागरिक उमेश कुमारलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

उनलाई हिजो साँझ सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी भारतबाट नेपालतर्फ प्रदेश २-०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलमा आउँदै थिए । उनले मोटरसाइकलमा पैसा लुकाएर ल्याउँदै गरेको भन्ने विशेष सूचना प्रहरीले पाइसकेको बताइन्छ । उक्त सूचनाको आधारमा खटिएको टोलीले कुमारको मोटरसाइकल चेक गरेको थियो ।

च‍ेक गर्दा २४ लाख १७ हजार रुपैयाँ बरामद भएको हो । पक्राउ परेका कुमारमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा पठाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत