इरानी फिल्म निर्माताले भर्खरै दक्षिणी राज्य केरलाको एक फिल्म फेस्टिभलमा आफ्नो काटिएको कपालको टुक्रा पठाएपछि भारतमा हेडलाइन्स बनेको छ।
इरानी फिल्म निर्माता महनाज मोहम्मदी केरलाको इन्टरनेशनल फिल्म फेस्टिभल (IFFK) मा स्पिरिट ‘अफ सिनेमा’ अवार्ड लिन गत हप्ता भारत जान सकीनन्। यो पुरस्कार 2021 मा फिल्म त्यस्ता निर्माताहरूलाई सम्मान गर्नको लागि स्थापना गरिएको थियो जसको सिनेमा प्रतिको लगाव, उनीहरूले सामना गर्नु पर्ने विरोधहरूको बावजुद अटुट रूपमा अगाडि बढेर फ़िल्मी क्षेत्रमा योगदान पुर्याका हुन्छन्।
इरानी सरकारको स्पष्ट आलोचक फिल्म निर्माता महनाज मोहम्मदीले समयमा आफ्नो पासपोर्ट नवीकरण गर्न असमर्थ हुँदा उनले सो फिल्म फेस्टिभलमा सहभागी हुन पाएकी थिइनन।
डिसेम्बर ९ मा तिरुवनन्तपुरम सहरमा आयोजित एक समारोहमा ग्रीक फिल्म निर्माता एथिना रेचेल साङ्गारी र IFFK का निर्णायक सदस्यले उनको तर्फबाट अवार्ड ग्रहण गरेका थिए।
त्यस पछि ग्रीक फिल्म निर्माता एथिना रेचेल साङ्गारीलले इरानी फिल्म निर्माता महनाज मोहम्मदीले ईरान बाट पठाएको कपालको टुक्रा सब सामु प्रस्तुत गरिन ।

“इरानमा कपाल काट्नु भनेको हामीले हरेक दिन र हरेक पल सामना गर्ने त्रासदीको प्रतीक हो,” मोहम्मदीले मिडियालाई इमेल अन्तर्वार्तामा भनिन्, उनले फिल्म फेस्टिभलमा पाएको माया र प्रतिक्रिया देखेपछि उनि “भावुक भइन”।
महिनौंदेखि इरानमा महिलाहरूले हिजाब कानूनको बिरूद्ध विरोध गर्दै आएका छन्, जसमा सबै महिलाहरूले हेडस्कार्फ र खुकुलो लुगा लगाउनु पर्छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ