शुक्रबार, जेष्ठ १, २०८३

विद्यालयबाट कम्प्युटर चोर्ने सात जना पक्राउ 


कान्तिपथ


स्याङ्जा- शैक्षिक संस्थाबाट बिधुतीय उपकरण चोर्ने, ओसारपसार गराउने र पोखराको विभिन्न पसलबाट बिक्री बितरण गर्ने सात जना चोरलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उनिहरुलाई पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत सार्बजनिक गरेको छ । फेदीखोला-४ तल्लाचौरस्थित आरुखर्क आधारभूत बिद्यालय र राम्चेदेवी आधारभूत बिद्यालयबाट कम्प्युटर, प्रिन्टरहरू, प्रोजेक्टर लगायतका सामाग्री चोर्ने चोरहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा फेदीखोला-४ का २६ वर्षीय प्रेम विक, २१ वर्षीय सुमन सुनार र पुतलीबजार-४ का १९ वर्षिय समिर सुनार छन् । यस्तै चोरी भएका सामाग्री बिक्री गर्न संलग्न पोखरा बस्दै आएका लमजुङ जिल्ला सुन्दर बजार-११ का २९ वर्षीय राजु मजाकोटी र २७ वर्षीय अमृत दुरा छन् भने कास्कीका २९ वर्षिय प्रविन नेपाली र ३७ वर्षिय दिपेन्द्र पोख्रेललाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।

उनीहरुले गत २४ गते राती विधालय तोडफोड गरेर यी सामग्रीहरू चोरेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरीले नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । उनीहरुमाथि चोरी तथा डाका मुद्दा दर्ता गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत