रोल्पा । रोल्पा प्रहरीले २९ वर्षपछि कर्तव्य ज्यान मुद्दामा रोल्पा जिल्ला अदालतबाट दोषी ठहर भई २० वर्ष जन्म कैद सजाए तोकिएका अमर बहादुर डाँगीलाई पक्राउ गरी कारागार चलान गरेको छ ।
२०५० साल असोज ३१ गते राती ९ बजे रोल्पाको साविक गैरी गाउँ गा.बि.स. वडा नं. ९ राम्मी धुलसीबोट खोल्सा हाल त्रिवेणी गाउँपालिका वडा नं.७ मा बस्ने तत्काल ३३ वर्षीय अम्मर सिंह झाँक्री र सोही ठाउँ बस्ने तत्कालीन २४ वर्षीय अमर बहादुर डाँगी समेतका व्यक्तिहरू बिच राजनीतिक विषयमा वादविवाद ,झैँ–झगडा हुँदा सोही विषयलाई रिसिवी बनाइ अमर बहादुर डाँगी समेतका व्यक्तिहरूले अम्मर बहादुर झाक्रीलाई ढुङ्गा ,लाठी ,छुरी ,भाला समेतले आक्रमण गरि निर्मम तरीकाले कुटपिट गरी हत्या गरेका थिए ।
साेही मुद्दामा रोल्पा जिल्ला अदालतले २०७० वैशाख ३१ गते अमर बहादुर डाँगीलाई सर्वस्व सहित जन्मकैदको फैसला गरेको थियो । फैसला पश्चात् फरार रहेका डागी २९ वर्षपछि पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रोल्पा र ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाबाट खटिएको प्रहरीले डाँगीलाई २०७९ मङ्सिर २८ गते रोल्पाको रुण्टीगढी गाउँपालिका वडा नं ६ डुव्रीङ भन्ने ठाउँबाट फेला पारेकाे हाे ।
पक्राउ परेका डाँगीलाई मङ्सिर २९ गते रोल्पा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेश बमोजिम कैद ,सजाय भुक्तानको लागि कारागार कार्यालय रोल्पामा चलान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी गराएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ