शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • टर्कीद्वारा तालिवानसँग आग्रह : “यो प्रतिबन्ध न त इस्लामिक हो न त मानवीय नै ।”

टर्कीद्वारा तालिवानसँग आग्रह : “यो प्रतिबन्ध न त इस्लामिक हो न त मानवीय नै ।”


कान्तिपथ


एजेन्सी – टर्कीले बिहीबार अफगानिस्तानका सत्ताधारी तालिवान नेतालाई विश्वविद्यालय शिक्षामा महिलालाई प्रतिबन्ध लगाउने आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेको छ ।

गत वर्ष दुई दशकलामो युद्धपछि सत्तामा फर्किएपछि नरम शासनको वाचा गरेको तालिबानले लगाएको प्रतिबन्धको विश्वव्यापी निन्दा भएको थियो । टर्कीका विदेशमन्त्री मेभलुत कावुसोग्लुले टेलिभिजनमा प्रसारण भएको पत्रकार सम्मेलनमा भने “यो प्रतिबन्ध न त इस्लामिक हो न त मानवीय नै ।”

“हामी यसलाई सही मान्दैनौं । तालिबानले यो निर्णय उल्टाउनु ईश्वरप्रतिको सम्मान हुनेछ,” उनले भने । उनले तालिवान शासकप्रति आक्रोस व्यक्त गर्दै भने, “महिलाको शिक्षाले मानवतालाई के हानि पुर्याउँछ?”

देशभरका हजारौं छात्रा र युवतीहरूले आफ्नो शिक्षालाई निरन्तरता दिन चाहेको विश्वविद्यालयको प्रवेश परीक्षामा सामेल भएको तीन महिना नबित्दै तालिवानले उच्च शिक्षामा प्रतिबन्ध लगाएको हो । विश्वविद्यालयहरू हाल जाडो बिदामा छन् र मार्चमा खुल्ने छन् ।

देशभरका अधिकांश किशोरीहरूलाई माध्यमिक विद्यालय शिक्षामा प्रतिबन्ध लगाइएको छ र विश्वविद्यालयको भर्नामा कडा प्रतिबन्ध लगाइएको छ । संयुक्त राज्य अमेरिकाले यस निर्णयको कडा शब्दमा निन्दा गरेको छ भने बेलायतले यसलाई ‘प्रगतिलाई पछाडि धकेल्नगरी भएकोे गम्भीर त्रुटी’ बताएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत