शुक्रबार, जेष्ठ १, २०८३

आज रिहा हुँदै शोभराज, रिहा भए लगत्तै फ्रान्स फर्काउने तयारी


कान्तिपथ


हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा रहेका फ्रान्सेली नागरिक चाल्र्स शोभराज आज रिहा हुँदैछन् । सर्वोच्च अदालत सँगै काठमाडौं र भक्तपुर जिल्ला अदालतको आदेशपछि कुख्यात अपराधी चाल्र्स कारागारबाट मुक्त हुन लागेका हुन् ।

केन्द्रीय कारागार प्रशासनले शोभराजलाई फ्रान्स फिर्ता पठाउने गरी आज अध्यागमन विभागको जिम्मा लगाउँदैछ । कारागारले हिजो नै शोभराजलाई अध्यागमन विभाग पठाउने तयारी गरेको थियो । छुट्टै ‘डिटेन्सन रुम’को व्यवस्था गर्नुपर्ने कारण देखाउँदै विभागले शोभराजलाई आज हस्तान्तरण गर्न कारागारलाई भनेको हो । विभागले तोकेको स्थानमा राखेर यात्रा अनुमतीका निम्ति कागजपत्र तयार गरी अदालतको आदेश बमोजिम १५ दिन भित्र मुलुकबाट शोभराजलाई निस्कासन गर्ने अध्यागमन विभागका कायममुकायम महानिर्देशक प्रदर्शनी कुमारीले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले उमेर र स्वास्थ्य अवस्था अनि कारागार नियमावली बमोजिम शोभराजलाई कैद बस्नु पर्ने बाँकी समय अगावै रिहा गरेर १५ दिनभित्र फ्रान्स फिर्ता गर्न आदेश दिएको थियो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत