शुक्रबार, चैत्र २७, २०८२

आफैंलाई कारोना संक्रमित गराउने चिनियाँ गायिका


कान्तिपथ


एजेन्सी । चीनकी ३८ वर्षीया गायिका जेन झाङले आगामी नयाँ वर्षको पार्टीको मजा लिन सकोस् भनेर जानाजानी आफूलाई कोरोना संक्रमण गराएकी छन् । 

चीनमा फेरि कोरोनाको खतरा बढ्दै गएको देखेर जेन झाङले आफूलाई कोरोना पहिले नै संक्रमित भइहाल्ने सोच बनाइन् ताकि नयाँ वर्षसम्ममा यसबाट निको भई आफूमा एन्टिबडी विकास गर्न सकियोस् । जेन झाङले आफ्नो सामाजिक सञ्जाल मार्फत यो जानकारी दिएकी थिइन्, जसलाई देखेर मानिसहरूले उनीमाथि ट्रोल गर्न थाले ।

झाङले सामाजिक सञ्जालमा आफूले जानाजानी कोरोना संक्रमित भएको खुलासा गरेकी थिइन् । झाङले लेखेकी छिन्, ‘नयाँ वर्षको प्रदर्शनमा मेरो स्वास्थ्य बिग्रन सक्छ भन्ने चिन्तामा थिएँ, त्यसैले मैले कोभिड पोजेटिभ भएका मानिसहरूलाई भेटेँ किनभने मसँग अहिले भाइरसबाट निको हुने समय छ ।’

झाङ​ कोभिड संक्रमित व्यक्तिको घरमा गएको बताइएको छ । भाइरसबाट संक्रमित भएपछि उनलाई ज्वरो, टाउको दुख्ने र घाँटी दुख्ने समस्या देखिएको थियो । अहिले उनको स्वास्थ्यमा सुधार आइसकेको छ ।

यो समयमा चीनमा कोरोनाको सातौं लहर आएको छ । यसको बीएफ ७ भेरियन्ट निकै खतरनाक साबित भइरहेको छ । लन्डनस्थित ग्लोबल हेल्थ इन्टेलिजेन्स कम्पनी एयरफिनिटीका अनुसार चीनमा हरेक दिन १० लाख कोरोनाका केसहरू प्राप्त भइरहेका छन् ।

यसअघि एयरफिनिटीले आफ्नो अनुमानमा चीनमा शून्य कोभिड नीति सकिएपछि २१ लाखको मृत्यु हुन सक्ने बताएको थियो । तर, त्यहाँको सरकारले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कमा बिहीबार मात्रै ४ हजार नयाँ संक्रमित थपिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत