शुक्रबार, जेष्ठ १, २०८३

अज्ञात समूहको गोली प्रहारबाट भारतीय व्यापारीको मृत्यु


कान्तिपथ


बीरगंज । बारामा अज्ञात समूहले चलाएको गोली लागि आज साँझ भारतीय व्यापारीको मृत्यु भएको छ ।

बाराको महागढीमाई नगरपालिका भुतही पुल नजिकैको नास्ता पसलमा मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले गोली चलाउँदा भारत घोडासहन निवासी व्यापारी शिवपुजन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

छातीमा गोली लागि गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि एलएस न्युरो अस्पताल गण्डकमा लगिएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

गोली प्रहार लगतै अज्ञात व्यक्तिहरू फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । यादव ३ जनासहित आफ्नो ससुराली गाउँ बरियारपुर आउने क्रममा भुतही पुल नजिकै नास्ता गर्न बसेको र सोही क्रममा मोटरसाइकलमा आएका अज्ञात दुई जनाले गोली प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ ।

मृतक यादवसँगै आएका एक जना अस्पतालमा रहेको र अन्य एक जना भने यादवलाई गोली प्रहारपछि भागेको हुँदा उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत