अमेरिकामा गाडी तोडफोड गरी नेपाली दूतावासको रकम लुटिएको छ। दूतावासका अनुसार कन्सुलर सेवा शिविरहरूबाट संकलित मनी अर्डर र क्यासिएर चेकहरू लुटिएको हो।
दूतावासले यही डिसेम्बर १५ देखि २० तारिखसम्म टेक्सासका डालस, अस्टिन र ह्युस्टन सहरमा कन्सुलर सेवा शिविर सञ्चालन गरेको थियो। जहाँ सेवाग्राहीले दूतावासलाई शुल्कबापत मनी अर्डर र क्यासिएर चेक बुझाएका थिए।
दूतावासका कर्मचारीहरू डिसेम्बर २२ का दिन ह्युस्टनबाट वासिङ्टन डिसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारीसाधन तोडफोड गरी मनी अर्डर र क्यासिएर चेक लुटिएको हो। तर कति रकम बराबर लुटियाे भन्ने कुरा दूतावासले खुलाएको छैन।
विज्ञप्ति:
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ