शुक्रबार, कार्तिक २१, २०८२

विपिनको आत्मालाई शान्ति मिलोस् : राजदूत हानान


देव चौलागाईं


नेपालका लागि इजरायली पूर्व राजदूत हानान गोदारले हमासको अपहरणमा परेका विपिन जोशी अब हामीबीच नरहेको जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सन् २०२३ मा विपिन इजरायल जाँदै गर्दाको तस्बिर सार्वजनिक गर्दै दुई वर्षदेखिको आशा समाप्त भएको उल्लेख गरेका छन् ।

विपिन इजरायल जानुअघि नेपालमै भेट्ने अवसर पाएको जनाउँदै उनले उनी एक ऊर्जावान, आकर्षक र क्षमतावान विद्यार्थी भएको स्मरण गरेका छन् ।

उनले विपिनले आफ्नो परिवार, समुदाय र देशका लागि केही राम्रो गर्न चाहन्थे भन्ने उल्लेख गरेका छन् ।

पूर्व राजदूत हानानले विपिनको आत्मालाई शान्ति मिलोस् भन्ने कामना गर्दै सँधै सम्झिरहने बताएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत