आइतवार, चैत्र २९, २०८२

सकियो विराट एक्स्पो, ३ लाख ७० हजारले गरे अवलोकन


कान्तिपथ


विराटनगर : उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा भएको विराट एक्स्पो २०७९ (कृषि तथा औद्योगिक प्रदर्शनी) आइतबार सम्पन्न भएको छ । एक्स्पोमा ३ लाख ७० हजार दर्शकले अवलोकन गरेको एक्स्पोका संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।

समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले उद्योग व्यवसाय क्षेत्रलाई अघि बढाउन आवश्यक सहयोग गरिरहेको बताए । उनले विराटनगरमा भत्काउन नपर्ने खालको प्रदर्शनी स्थल निर्माणका लागि आफूले पहल गरेको दाबी गरे । त्यसका लागि प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटसमेत छुट्याएर काम गरेको बताए ।

समाफन कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री जयराम यादवले निजी क्षेत्रको सत्रियतामा दक्षिणी विराटनगरप्रति हेरिने दृष्टिकोणलाई औद्योगिक प्रदर्शनीमार्फत परिवर्तन गर्न खोजिएकोप्रति आयोजकलाई धन्यवाद दिए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको औद्योगिक लगानी बढाउनका लागि एक्स्पो सहयोगी भएको बताए । उनले महानगरले समेत आवश्यक समन्वय गरेको जानकारी दिंदै आगामी दिनमा अझ सहयोग आदानप्रदान गर्ने जानकारी दिए । साथै विराटनगरमा सुविधा सम्पन्न प्रदर्शनीस्थल निर्माणमा महानगर सहकार्य गर्न तयार रहेको उनले बताए ।

समापन कार्यक्रममा उद्योग संगठनका पूर्वअध्यक्ष अशोक मुरारका, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठी लगायतले एक्स्पो सफल भएको बताएका थिए । समापनमै उत्कृष्ट रहेका सातवटा स्टलहरूलाई सम्मान समेत गरिएको जनाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत