शुक्रबार, जेष्ठ ३०, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • १ लाख ४२ हजार नक्कली रुपैयाँ र बाघको हड्डीसहित पाँच जना पक्राउ

१ लाख ४२ हजार नक्कली रुपैयाँ र बाघको हड्डीसहित पाँच जना पक्राउ


कान्तिपथ


धनगढी । कैलालीमा प्रहरीले एक लाख ४२ हजार नक्कली रुपैयाँ, बाघको हड्डी र जडीबुटीसहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार विशेष सुराकी पाएर खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका १३ स्थित एक घरमा लुकाइछिपाई राखेको अवस्थामा नेपाली रुपैयाँ एक हजार दरका एक सय ३८ थान र बसपार्कबाट ४ थान नक्कली नोटसहित गरि एक लाख ४२ हजार नक्कली रुपैयाँ, पाँच सय ३० ग्राम बाघको हड्डी, जडीबुटी, चेक लगायतका सामाग्री बरामद गरेको हो ।

ती सामाग्रीसहित कैलालीका लालबहादुर साउद, दार्चुलाका लिलाधर मिश्र, डोटीका करणसिंह धामी, मोहनसिंह बोहरा र टेकेन्द्र धामीलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत