सर्लाही, पुस १३ गते । सर्लाहीसहित तराईका जिल्लाको न्यूनतम तापक्रम बुधबार यो वर्षकै कम मापन गरिएको छ । बुधबार बिहान ७ बजेको मापन अनुसार सर्लाहीको तापक्रम नौ डिग्री सेल्सियसमा झरेको हो । अघिल्ला दिनहरुमा जिल्लाको न्यूनतम तापक्रम ११/१२ डिग्री सेल्सीयसको हाराहारीमा हुन्थ्यो ।
सर्लाहीमा बुधबार दिनभर बाक्लो हुस्सु लागेर शित झरेका कारण जिल्लावासीले अत्यधिक चिसो महशुस गरे । कठ्याङग्रिदो चिसोले अतिविपन्न, दलित, मजदुर, किसान प्रभावित बनेका छन् ।विद्यालय जानुपर्ने विद्यार्थी पनि प्रभावित भएका छन् ।
शरीरमा लगाउने न्यानो कपडा र राति सुत्दाका लागि ताता ओढनओछ्याउने नभएका डोम, चमार, मुसहरजस्ता अतिपिछडिएको वर्ग चिसोमा कठ्याङग्रिएरै बस्न बाध्य भइरहेका छन् । चिसो छल्न स्थानीयहरु घर तथा चोक बजारमा आगो बालेर तापिरहेका छन् ।
चिकित्सकले यो चिसोमा बालबालिका, वृद्धवृद्धा र शारीरिक रुपमा अशक्त रहेका व्यक्तिहरुलाई गाह्रो पर्ने भएकाले उनीहरुको विशेष ख्याल गर्न र झोलिलो तथा ताता खानेकुरा प्रशस्त खान सुझाव दिएका छन् । सर्लाहीसहित तराई क्षेत्रमा मङ्सिर अन्तिम साताबाट चिसो निरन्तर बढिरहेको छ । सर्लाहीमा चिसोले कठ्याङग्रिएर हरिपुरमा तीन र हरिवनमा एक जनाको मृत्यु समेत भइसकेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ