शुक्रबार, जेष्ठ १, २०८३

मोटरसाईकल चोरी आरोपमा दुई पक्राउ


कान्तिपथ


बिर्तामोड, पुस १२ गते । झापाको झापा गाउँपालिकामा चोरी भएको मोटरसाइकल सहित चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका ५ का २३ वर्षीय प्रकाश गनगाई र सिन्धुली घरभई हाल हाल झापा गाउँपालिका ६ बस्ने २० वर्षीय रोशन दमाई रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार गत ६ गते राती झापा गाउँपालिका ५ बस्ने सुर्यनारायण गणेशले प्रयोग गर्दै गरेको १५० सिसिको प्र १०११२ प ८०५० नम्बरको पल्सर घरकै बरण्डाबाट हराएको थियो । मोटरसाईकल चोरी भएको हप्तादिन पछी भारतमा लगेर बेचेको मोटरसाइकल सहित चोरीको आरोपमा दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो । 

शरणामती प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक विरबहादुर भण्डारीको कमान्डमा रहेको टोलीले आरोपी सँग सुराग हात पारेपछी मोटरसाइकल सम्म पुगेको थियो । भारतको बिहार स्थित तुलसियामा भारतिय प्रहरीको सहयोगमा मोटरसाइल नेपाल ल्याउन प्रहरी सफल भएको हो । 

गनगाईलाई आसंका गरि प्रहरीले कुरा खोतले पछि गनगाईले मोटरसाईकल चोरेर भारत लगेर बेचेउ भनेपछी प्रहरीलाई सुराग मिलेको थियो । भारतको तुलसियामा सो मोटर साइकल १२ हजारमा गनगाईले बेचेको प्रहरीले बताएको छ । चोरीमा संलग्न दुबैलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत