सोमवार, माघ २८, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • आरआर क्याम्पसमा खुकुरी हानाहान : अनेरास्ववियूका गुण्डा पक्राउ !

आरआर क्याम्पसमा खुकुरी हानाहान : अनेरास्ववियूका गुण्डा पक्राउ !


कान्तिपथ


प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको दुई समूहबीच बुधबार झडप हुँदा खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन् ।

क्याम्पस इकाईका अध्यक्ष लोकेश खड्का र अनेरास्ववियु नेता समिप बडाल पक्षधरको बीचमा झडप भएको क्याम्पस ईकाइमा आबद्ध विद्यार्थीहरूले बताएका छन् । लोकेश समूहका एक विद्यार्थीलाई हिजो पिटेको आरोपप छ ।

खुकुरी प्रहार गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । पक्राउ पर्नेमा कृष्ण गिरि, झलक तामाङ, दुतराज लामा र सविन निरौला छन् । मदन भण्डारीको हात काटिएको छ । हर्क बोहोरा लगायत घाइते छन् । कुट्ने गुण्डाहरु क्याम्पस बाहिरका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत