शुक्रबार, जेष्ठ १, २०८३

कैलालीमा नौ किलो चरेस सहित एकजना पक्राउ


कान्तिपथ


घोडाघोडी (कैलाली), पुस १३ गते । कैलालीको अत्तरियाबाट ९ किलो चरेस सहित १ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका २ बसपार्कमा कलक जप्रेलले संचालन गरेको नबिन होटलबाट चरेस सहित ३६ वर्षीय यमराज दौल्याललाई पक्राउ गरिएको हो । 

बझाङ् दुर्गाथली गाउँपालिका–७ काँडा का दौल्याललाई होटलको १०१ नम्बर कोठाबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेका दौत्यालको साथबाट चरेश जस्तो देखिने कालो बस्तु कट्टा सहित ९ किलो ३४० ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रकास जोशीले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत