नेपालगञ्ज । तीन दिनदेखि घाम नलागेको बाँकेमा चिसोका कारण जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र कुहिरोले जनजीवन थप कष्टकर बनाएको छ ।
चिसो बढेपछि सर्वसाधारणको दैनिकी प्रभावित हुन थालेको छ । चिसो बढेसँगै अस्पतालहरूमा रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढेका छन् । भेरी अस्पताल नेपालगञ्जमा बिरामीको चाप बढेको फिजिसियन एवम् अस्पतालका सूचना अधिकारी डा।सङ्केत रिसालले बताउनुभयो ।
जाडोले गर्दा निम्न वर्गका परिवार, बालबालिका, दीर्घ रोगी, मजदुर, ज्येष्ठ नागरिक लगायतलाई अत्यधिक समस्या भएको छ । चिसोबाट जोगिनका लागि मान्छेहरू सडक छेउँछाउँ, घर लगायत विभिन्न ठाउँमा आगो ताप्न थालेका छन् । घाम नलाग्दा दिनहुँ तापक्रम घट्दै गएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ