बिहिबार, बैशाख ३१, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • भारतमा फेरी अर्की अभिनेत्रीको गोली हानी ह,त्या , श्रीमानकै अगाडी यसरी हानियो गोली…

भारतमा फेरी अर्की अभिनेत्रीको गोली हानी ह,त्या , श्रीमानकै अगाडी यसरी हानियो गोली…


कान्तिपथ


अभिनेत्री ट्यूनिशा शर्माको आत्महत्याको मामिला अझै शान्त हुन नसक्दा मनोरञ्जन क्षेत्रबाट अर्को स्तब्ध पार्ने खबर आएको छ । झारखण्डकी अभिनेत्री रिया कुमारीको गोली हानी ह,त्या गरिएको छ । रिया कुमारी झारखण्डको स्थानीय सिरियल वह चलचित्रकी अभिनेत्री थिइन्। उनी एक लोकप्रिय युटुबर समेत थिइन्।

घ,टना पश्चिम बंगालको राजमार्गमा भएको हो । रिया कुमारी श्रीमान् प्रकाश कुमारसँग कारमा यात्रा गरिरहेकी थिइन् । त्यसपछि मात्रै केही बदमाशले श्रीमानलाई लुट्न थाले । अभिनेत्रीका श्रीमानलाई लुट्ने बदमाशलाई रोक्न रिया बिचमा आइन्, तब मात्र अपराधीले उनीमाथि गोली हाने, जसका कारण उनको मृ,त्यु भयो ।

स्रोतलाई उद्धृत गर्दै रिया कुमारीको परिवार हावडा हुँदै कलकत्ता जाँदै गरेको बताइएको छ । कारमा उनका श्रीमान् प्रकाश कुमार र साढे दुई वर्षकी छोरी थिए । कार अभिनेत्रीका श्रीमान् प्रकाश कुमारले चलाएका थिए । बुधबार बिहान ६ बजेतिर बगनानस्थित महेश खेडा पुल नजिकै रोकिँदा केही अपराधीले गाडी लुट्ने प्रयास गरेका थिए ।

रियाले रोक्न खोज्दा उनलाई गोली लागेको थियो । घ,टनापछि आफू वरपर कसैलाई नदेखेपछि उनका श्रीमान् गाडी चलाउँदै राजापुर प्रहरी चौकी पिर्तल्ला पुगेर घ,टनाबारे स्थानीय प्रहरीलाई जानकारी गराए । प्रहरीले शव बरामद गरी अनुसन्धान सुरु गरेको छ । रिया कुमारीका पति प्रकाश कुमार चलचित्र निर्देशक हुन् ।

उनले धेरै सर्ट फिल्म र एट समेत बनाएका छन् । उनी खानीको व्यापार पनि गर्छन् । यस घ,टनामा हावडा ग्रामीण प्रहरी स्वातीले भनिन्– ‘हामीले छुट्टै प्रमाणीकरण गरिरहेका छौं । उक्त क्षेत्रमा जडान गरिएका सिसिटिभी फुटेजको पनि छानबिन भइरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत