शुक्रबार, चैत्र २७, २०८२

ब्राजिलका वामपन्थी राष्ट्रपति सिल्भाले लिए सपथ


कान्तिपथ


ब्राजिलका वामपन्थी नेता लुला डि सिल्भाले राष्ट्रपतिको रूपमा तेस्रोपटक सपथ लिएका छन्। दिग्गज वामपन्थी राजनीतिज्ञ रहेका उनले यसअघि सन् २००३ र २०१० को बीचमा पनि देशको नेतृत्व गरेका थिए।

गत अक्टोबरमा भएको मतदानमा जैर बोल्सोनारोलाई पराजित गरेका हुन्। उनले आफ्नो पहिलो भाषणमा ‘भयानक भग्नावशेष’मा रहेको देशलाई पुनर्निर्माण गर्ने वाचा गरे।

सपथ ग्रहण समारोहपछि उनी भावुक बने। खानाको लागि हताश ब्राजिलीहरुले ट्राफिक लाइटमा भीख मागिरहेको दृश्य सम्झिएर उनी रुन थाले। उनी यसअघि भ्रष्टाचार मुद्दामा जेलसमेत पुगेका थिए तर सन् २०२१ मा उनीमाथि लागेका आरोप खारेज भएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत