काठमाडौं । ब्राजिलका नवनियुक्त राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले तेस्रो पटक पदभार ग्रहण गर्नु भएको छ ।
सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहनु भएको वामपन्थी नेता लुलाले गत अक्टोबर महिनामा भएको निर्वाचनमा जइर बोल्सोनारूलाई पराजित गर्नुभएको थियो ।
तेस्रो पटक राष्ट्रपतिपदको पदभार ग्रहण गरेपछि आफ्नो पहिलो सम्बोधनमा राष्ट्रपति लुलाले ब्राजिलमा रहेकाेअसमानता र अमेजोन जङ्गलको अत्यधिक दोहन कम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रपति लुलाले विश्वव्यापी जलवायु परिवर्तन रोक्ने आफु कटिबद्ध रहेको बताउनु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ