नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्जमा तीन जना युवाहरूमाथि भएको साङ्घातिक आक्रमणमा संलग्नहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो ।
हिजो दिउँसो नेपालगञ्ज ४ गणेशपुरमा तरुण दल नेपालगञ्जका सदस्य नेपालगञ्ज १२ का अनुराग शाह, जानकी ३ का उज्ज्वल शाह र नेपालगञ्ज ४ निवासी शुभमजंग शाहलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाउने नेपालगञ्ज १८ का २९ वर्षीय विनय भण्डारी, राप्तीसोनारी २ का ३२ वर्षीय नारायण डाँगी, बैजनाथ ५ बस्ने प्रकाश रसाइली भन्ने तुल्सीराम सुनार र नेपालगञ्ज ६ बस्ने ३१ वर्षीय तासे भन्ने प्रकाश थापा पक्राउ परेका हुन् ।
बाँके प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती मगरले चारै जनालाई हिजै डुडुवाबाट पक्राउ गरिएको बताउनुभयो । प्रवक्ता घर्ती मगरले दुई समूहबीचको पुरानो रिसइबीका कारण घटना भएको बताउनुभयो । घटनामा प्रयोग भएको एउटा भारतीय कार र दुई थान खुकुरी पनि प्रहरीले बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको घर्तीले बताउनुभयो । घाइतेहरूको लखनउमा उपचार भइरहेको छ । घाइते मध्ये अनुरागको अवस्था गम्भीर छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ