शुक्रबार, जेष्ठ १, २०८३

आज छुट्लान् त सन्दिप ?


कान्तिपथ


बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको मुद्दा न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्‍वर भण्डारीको इजलासमा परेको छ। बिहीबार पाटन उच्च अदालतका न्यायाधीशद्वय बज्राचार्य र भण्डारीको संयुक्त इजलासको ४ नम्बरमा पुनरावेदनको मुद्दा परेको हो।

पेसीमा आज नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकिलको भनाइ छ। यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो।

यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो। पुस १२ गते मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्‍मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको सन्दीपका कानुन व्यवसायी सरोजकुमार घिमिरेले जानकारी दिए।

लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो।

सन्दीपले १७ वर्षीय नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर दुई पटक बलात्कार गरेको आरोप छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत