सोमवार, चैत्र ३०, २०८२

लुम्बिनी चिनी उद्योगमा लागेको ताला खुल्यो


कान्तिपथ


नवलपरासी, पुस २१ गते । पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगले पाँच दिनभित्र उद्योगको वायु प्रदूषण नियन्त्रण गर्ने सहमति भएपछि उद्योगमा लागेको  ताला खुलेको छ ।  

पुसको दोस्रो हप्तादेखि सञ्चालनमा आएको लुम्बिनी चिनी उद्योगले स्थानीयसँग गरेको सहमतिविपरीत उद्योगमा इन्धनको रूपमा धानको भुस प्रयोग गरी वातावरणमा खरानी उठाएको विषयलाई लिएर उद्योगको गेटमा तालाबन्दी गरेका थिए । सुनवलको बजार क्षेत्रमा व्यापक रूपमा धुलो उडाएको, उद्योग सञ्चालन पूर्व उद्योग क्षेत्रका नालाहरू सरसफाइ गर्नुपर्ने लगायतका विषयहरूको कार्यान्वयन नगरेको भन्दै स्थानीयवासीले मङ्गलवार उद्योगको मूल गेटमा तालाबन्दी गरेका थिए । 

उद्योग सञ्चालक स्थानीयवासी, सुनवल नगरपालिकाका जन निर्वाचित प्रतिनिधिहरू लगायतको संयुक्त छलफलबाट उद्योगलाई उपकरणहरू मर्मत गरी प्रदूषण नियन्त्रणका लागि ५ दिनको समय दिने सहमति भएपछि उद्योग पुनः सञ्चालनमा आएको सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले बताउनुभयो । 

प्रदूषण नियन्त्रण गर्न भन्दै स्थानीयवासीले गत मङ्गलवार ताला लगाएको अवस्थामा बुधवार राति उद्योग र केही स्थानीय मानिसको समूहले रातिको समयमा गेटमा लगाइएको ताला खोलेपछि उद्योग सञ्चालकसँग केहीबेर स्थानीयवासी आक्रोशित बनेका थिए । 

इन्धनको रूपमा धानको भुस बालेपछि उद्योगको चिम्नीबाट जलेको भुसका टुक्रासहित  कालो खरानी सुनवल क्षेत्रका बजारमा व्यापक रूपमा उडेपछि स्थानीयहरू विरोधमा उत्रिएका हुन् । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत