शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • मेक्सिकोमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु

मेक्सिकोमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु


कान्तिपथ


मेक्सिको सिटी। जेलमा रहेका लागुऔषध कारोबारी जोक्विन ‘एल चापो’ गुजम्यानका छोरा ओभिडियो गुजम्यानलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु भएको मेक्सिको सरकारले शुक्रबार जनाएको छ ।

उक्त झडपमा १० सैनिक र १९ जना संदिग्ध अपराधी मारिएका सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

“दुर्भाग्यवस, कर्तव्यपालनको क्रममा सेनाका १० जना सदस्यले आफ्नो ज्यान गुमाउनु परेको छ,” रक्षामन्त्री लुइस क्रेसेन्सियो सान्डोवालले पत्रकारहरूसँग भन्नुभयो । बिहीबारको कारबाहीमा ‘कानून उल्लङ्घन गर्ने’ १९ जना संदिग्ध लागुऔषध कारोबारी पनि मारिएका उहाँले बताउनुभयो ।

सन् २०१७ मा एल चापोलाई संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गरिएपछि ओभिडियो गुजम्यानले आफ्नो बुबाको कारोबार चलाउन सहयोग गरेको आरोप लगाइएको थियो ।

उत्तरपश्चिमी शहर कुलियाकानमा बिहीबार पक्राउ परेका ३२ वर्षीय उनलाई गुप्तचर निकायले गरेको छ महिना लामो खोजीपछि सैन्य विमानबाट मेक्सिको सिटी लगिएको सरकारले जनाएको छ ।

ओभिडियो गुजम्यानलाई पक्रने सूचना दिनेलाई अमेरिकाले ५० लाख अमेरिकी डलरसम्म पुरस्कार दिएको थियो । यसले उनलाई कुख्यात सिनालोआ कारोबार अभियानमा एक प्रमुख अभियुक्त भएको पुष्टि गर्छ ।

मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले आगामी हप्ता अमेरिकी समकक्षी जो बाइडेनलाई उत्तर अमेरिकी नेताहरूको शिखर सम्मेलनमा स्वागत गर्ने तयारी गरिरहेका बेला कुलियाकानलाई पक्राउ गरिएपछि चलेको गोली र आगजनीले मेक्सिकोमा हलचल मच्चाएको छ ।

बिहीबारको प्रारम्भिक रिपोर्टमा हिंसामा एक नेसनल सुरक्षाकर्मीको मृत्यु हुनुका साथै कम्तीमा २८ जना घाइते भएको जनाइएको थियो ।सिन्ह्वा



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत