शुक्रबार, बैशाख ४, २०८३

प्रधानमन्त्रीले सुरु गरे ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार


कान्तिपथ


ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतको उपस्थितिमा एकीकृत कारोबार सुरु गरेको हो ।

मर्जरपछि पनि बैंकका अध्यक्ष चन्द्र ढकालले अधिकांश सूचकमा देशको पहिलो बैंक बनेको बताए । उनले देशले लिएको नीतिलाई सहयोग गर्दै २१ वटा बैंक तथा वित्तीय संस्था समाहित भएको बताए । ७७ वटै जिल्लामा शाखा सञ्चालन गरेको भन्दै गुणस्तरीय सेवामा कुनै पनि कमि नहुने बताए ।

उनले समग्र बैंक तथा वित्तीय क्षेत्रको पुँजी तथा लगानी योगदानमा ग्लोबलको मात्रै १० प्रतिशत रहेको बताए । एकीकृत कारोबारपछि पनि ग्लोबल आइएमई बैंकबाट कारोबार सुरु गरेको बैंकको चुक्ता पुँजी ३४ अर्ब ४२ करोड पुगेको छ ।

बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, डेभिडेन्टपछिको चुक्तापुँजी ३५.७७ अर्ब रुपैयाँ, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्ब रुपैयाँ बढी पुगेको छ । ग्लोबल आईएमई बैंकमा पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा छवटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत