बिहिबार, बैशाख ३१, २०८३

प्रथम हुन नसकेको आक्रोशमा साथीको अपहरण


कान्तिपथ


वीरगंज । वीरगंजको एक निजी विद्यालयमा कक्षा १० मा पढ्ने एक विद्यार्थीलाई अपहरण गरेको आरोपमा चार जना बालक पक्राउ परेका छन् । 

वीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने १६ वर्षका बालकलाई अपहरण गरेको आरोपमा उनकै सहपाठी साथीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आइतबार आफ्नो घरको आँगनको चापा कलमा हात मुख धोई रहेको अवस्थामा १६ वर्षका बालकलाई सँगै पढ्ने अरू चार जनाले अपहरण गरी आँगनबाट एकान्त स्थानमा लगेको र त्यसपछि कम्बलले छोपी मुखमा कपडा कोचेर केही पर लगी दुवै हातखुट्टा समेत बाँधेको अवस्थामा बालकलाई भेटेर उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले जानकारी दिनुभयो ।

अपहरणमा परेका बालक कक्षामा सधैँ प्रथम हुने गरेकाले उनको निकटतम प्रतिस्पर्धी विद्यार्थीले रिसका कारण अपहरण गरी बन्धक बनाएको प्रारम्भिक अनुसन्धानमा भेटिएको गिरीले बताउनु भयो । 

नर्सरी देखि १० कक्षा सम्म लगातार सोही विद्यार्थी प्रथम हुने र आफूहरू सधैँ दोस्रो, तेस्रो, तथा चौथो, पाँचौँ हुने गरेको र उसलाई पढाइमा जित्न नसकेको रिस, द्वेष र आक्रोशमा आफूहरूले अपहरण गरेको अन्य चार जना बालकहरूले बताएका छन् । 

पक्राउ परेका चारै जनालाई अदालतबाट म्याद थप गरी थप कारबाही अगाडी बढाइएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनु भयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत