काठमाडौं । ब्राजिलको राजधानी ब्रजिलियास्थित राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालतलाई कब्जा गर्न खोज्ने १५०० भन्दा बढी पूर्व राष्ट्रपति जायर बोल्सनारो समर्थकलाई त्यहाँको प्रहरीले पक्राऊ गरी कारबाही अघि बढाएको छ ।
जनवरी १मा नयाँ राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पदभार ग्रहण गरेको एक साता नबित्दै पूर्व राष्ट्रपति बोल्सनारो समर्थमकहरुले ब्राजिलका मुख्य भवनहरू कब्जा गर्न खोजेका थिए ।
राष्ट्रपति लुलाले उक्त घटनालाई आतङ्ककारी क्रियाकलापको संज्ञा दिँदै दोषीलाई कडा कारबाहीको चेतावनी दिनुभयो ।
पूर्व राष्ट्रपति बोल्सनारो पेट सम्बन्धी रोगका कारण अमेरिकाको फ्लोरिडास्थित एक अस्पतालमा उपचाररत हुनुहन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ