सोमवार, चैत्र ३०, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • हराएका प्राचीन मूर्तिहरू अध्यावधिक गरी अभिलेख राख्नुपर्नेमा सांसद्हरुको जोड

हराएका प्राचीन मूर्तिहरू अध्यावधिक गरी अभिलेख राख्नुपर्नेमा सांसद्हरुको जोड


कान्तिपथ


काठमाडौँ । नेपालबाट हराएका प्राचीन मूर्तिहरूको सङ्ख्या अध्यावधिक गरी अभिलेख राख्नुपर्नेमा सांसद्हरुले जोड दिनुभएको छ ।

राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसद्हरुले प्राचीन मूर्तिहरू देशका  अमूल्य सम्पत्ति भएकाले फेला परेका मूर्तिमात्र नभई हराएका मूर्तिको समेत अभिलेख राख्नुपर्नेमा जोड दिनुभयो  ।

सांसद्हरुले मुलुकका कतिपय सांस्कृतिक सम्पदाहरुमा व्यवस्थापकीय कमजोरी रहेको भन्नुहुँदै व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कुन समयमा कति मूर्तिहरू कहाँबाट हराए भन्ने विषय जटिल भएकाले फिर्ता भएका मूर्तिहरूको मात्र अभिलेख राख्ने गरिएको जानकारी दिनुभयो ।

सचिव अधिकारीले अधिकारीले सांस्कृतिक सम्पदाहरुमा भएको व्यवस्थापकीय कमजोरीलाई सुधार गर्दै सम्पदाहरूको संरक्षण र सम्वद्र्धन गर्न मन्त्रालय कटिबद्ध भएर लाग्ने  बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत