नेपाल सरकारले टुरिस्ट भिसामा खाडी मुलुक जान कडाइ गरेको छ। खाडी मुलुक हुँदै विभिन्न मुलुकमा मानव तस्करी हुने भएकाले सरकारले यस्तो नीति लिएको हो। तर यो काम रोकिएको छैन। दलालहरूले राम्रो कामको प्रलोभनमा पारेर मोटो रकम लिएर भिजिट भिसामा सेटिङमा लगेर ठग्ने कार्य जारी राखेका छन्। सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता नीति अँगाल्ने बताउँदै आए पनि भिजिट भिसाको अवैध कार्य रोक्न सकेको छैन। दलाल र कर्मचारीको सेटिङमा दैनिक सयौं नेपाली भिजिट भिसामा खाडी मुलुक पुग्ने गरेका छन्।

भिजिट भिसामा दुबई पठाएर ठगिनेमा रौतहटको यमुनामाई गाउँपालिका वडा नं १ का जसिम मोहम्मद रहेका छन् । दुबईमा सेक्युरिटी गार्डको आकर्षक जागिर लगाईदिने भन्दै उनलाई रौतहट कै कटहरिया नगरपालिकाका छोटेलाल प्रसाद कुशवाहा रहेका छन् । कुशवाहालाई जसिमले नगद २ लाख ५० हजार र आईएमईबाट २ लाख ५० हजार गरि जम्मा ५ लाख रकम दिएका थिए । जसिमको तर्फबाट उनका भाईले नगद पठाएका थिए ।

भिजिट भिसामा दुबई पुगेका जसिम बिरामी भएर अलपत्र बने त्यहाँ उनलाई उनका मामाका छोराले ४० हजार खर्च गरेर उपचार गरे । अलपत्र परेका जसिमलाई नेपालबाट खर्च जुटाएर आफन्तले दुबई पठाएपछि उनी स्वदेश फर्किए । यता ठग कुशवाहाले गाउँ/समाजको दबाबमा परेर रकम फिर्ता गर्ने भन्दै चेक त दिए तर रकम नभएर उनका चेक बाउन्स भएको छ । कुशवाहले जसिमका अर्का आफन्तलाई पनि ४ लाख ठगेका छन् । अहिले चेक बाउन्सको मुद्धा रौतहटको जिल्ला अदालतमा चलिरहेको जसिमले बताए । कुशवाहा कटहरिया नगरपालिकाका पुर्व मेयर सियाराम प्रसाद कुशवाहाका अङ्कलका छोरा हुन् । जसिम अहिले वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका छन् ।

विश्व हिन्दु महासंघ पर्साका अध्यक्ष काशिनाथ तिवारीको हत्याको आरोपमा उच्च अदालतले जन्मकैद सजाय सुनाइएका मेयर सियाराम प्रसाद कुशवाहालाई सर्वोच्च अदालतले निर्दोष सावित गर्दै सफाइ दिएको थियो। कुशवाहालाई उच्च अदालत जनकपुरको फैसलापछि सिआइवीको टोलीले पक्राउ गरेको थियो।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले तिवारी हत्यामा दोषी ठहर गर्दै मेयर कुश्वाहलाई गत फागुन २८ गते जन्मकैदको फैसला सुनाएको थियो।
पर्साको वीरगञ्जमा २०६७ साल असार १२ गते तिवारीको गोली हानी हत्या भएको थियो। हत्या अभियोगमा जेलमै रहेका रौतहट कटहरिया नगरपालिकाका मेयर कुशवाहालाई सर्वोच्च अदालतले सफाइ दिएपछि उनी शनिबार हेलिकोप्टर चढेर रौतहट फर्किएका थिए। माओवादीबाट निर्वाचित मेयर कुशवाहा प्रभु शाहसंगै एमालेमा लागेका थिए ।

सयौँ नेपाली युएईलगायत देशमा अलपत्र परेपछि सरकारले भिजिट भिसासम्बन्धी मापदण्डमा हेरफेर गरी कडाइ पनि गरेको थियो । गत वर्ष १० माघदेखि लागू हुने गरी खाडीका १८ देश तथा मलेसियामा भिजिट भिसामा अत्यावश्यक कामबाहेकको अवस्थामा जान रोक लगाइयो । हाल १८ बुँदे मापदण्ड लागू गरिएको छ । भिजिट भिसाको दुरुपयोग रोक्न नयाँ कार्यविधि बनाएर गृह मन्त्रालयमा पठाइएको र स्वीकृत भएपछि लागू हुने अध्यागमन विभागका कर्मचारी बताउँछन् । जसमा घुम्नकै लागि विदेश जानेले अनिवार्य रूपमा निश्चित बैंक ब्यालेन्स देखाउनुपर्ने प्रस्ताव गरिएको छ ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ