शुक्रबार, जेष्ठ १, २०८३

सन्दिपलाई खेल्न दिने/नदिने छलफल गर्न क्यानले बोलायो बैठक


कान्तिपथ


बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई खेल्न दिने÷नदिने भन्नेबारे छलफल गर्न नेपाल क्रिकेट संघ (क्यान)ले छलफल सुरु गरेको छ ।

उच्च अदालत पाटनमा २० लाख धरौटी बुझाएर छुटेलगत्तै क्यानले सन्दीपका बारेमा निर्णय गर्न बैठक डाकेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताए।

सन्दीपलाई क्यानले कारबाही नगरेर निलम्बनमात्रै गरेकाले अब उनले खेल्न पाउने र कप्तानको समेत जिम्मेवारी पाउनुपर्ने घिमिरेको भनाइ छ।

नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यसपछि शुक्रबार उनी धरौटी बुझाएर रिहा भएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत