शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • युक्रेन युद्ध: आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण, तेइस जना मारिए

युक्रेन युद्ध: आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण, तेइस जना मारिए


कान्तिपथ


युक्रेन। युक्रेनको दक्षिणपूर्वी शहर डिनिप्रोको एउटा आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।

क्षेप्यास्त्र आक्रमणबाट भत्केको बहुतले भवनको माथिल्लो भागबाट बचेकाहरूको उद्धार तथा भग्नावशेषमा जीवितहरूको खोजीका निम्ति उद्धारकर्मीहरू कठ्याङ्ग्रिँदो चिसोको परबाह नगरी निरन्तर खटिरहेका थिए । शनिबार भएको घातक आक्रमणलाई विफल पार्न युक्रेनले धेरै प्रयास गरेको थियो । रुसले प्रहार गरेका ३३ वटा क्रुज मिसाइलमध्ये २१ वटालाई युक्रेनले खसालेको थियो ।

दुई साता लामो अघोषि युद्धविराम समाप्त भएसँगै रुसले राजधानी, किएभ र खार्किभको उत्तरपूर्वी सहरलाई पनि निशाना बनाएर आक्रमण गरिरहेको छ । युक्रेनी ऊर्जा केन्द्र र भौतिक पूर्वाधारमाथि मस्कोले व्यापकरूपमा आक्रमण गरिरहेको छ । उसले आफ्नो लक्ष्य हासिल भएको दाबी पनि गरेको छ ।

यसैबीच, डिनिप्रोको सरकारले आइतबार दिउँसो कम्तीमा ७२ जना घाइते भएका तथा ४३ जना बेपत्ता भएका जनाएको छ । हालसम्म ३९ जनाको उद्धार गरिएको पनि बताइएको छ ।एपी



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत