चीनको दक्षिण पश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची सहरमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ ।
खोज तथा उद्धार कार्य शुक्रबार साँझ ५ः३० सम्पन्न भएको थियो । उक्त हिमपहिरो मङ्गलबार साँझ ७ः५० मा गएको थियो। हिम पहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनशिपसँग जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो भने यात्रु तथा सवारी साधनहरू बाटोमै फसेका थिए।
यस क्षेत्रका सडक कच्ची रहेको तथा भू–धरातल समेत उबडखाबड रहेकाले उद्धारमा कठिनाइ भएको बताइएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ